४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

केन्द्रीय मनोनयनप्रति पूर्णबहादुर खड्काकाे असन्तुष्टि, कांग्रेसभित्र बृहत् एकताको अपील

केन्द्रीय मनोनयनप्रति पूर्णबहादुर खड्काकाे असन्तुष्टि, कांग्रेसभित्र बृहत् एकताको अपील
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हालै केन्द्रीय कार्यसमितिमा गरिएको मनोनयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र बृहत् र एकताको आवश्यकता अझै बढेको बताएका छन्।

खड्काले विभिन्न सञ्चार माध्यममा आएका टिप्पणी तथा पार्टीभित्र फैलिएको भ्रम र जिज्ञासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पछिल्ला राजनीतिक छलफलहरूमा उठाएका आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

उनका अनुसार केही हप्ता अघि गगन थापा र केही दिनअघि गगन थापा तथा विश्वप्रकाश शर्मासँग भएको भेटघाट तथा छलफलका क्रममा उनले देशको राष्ट्रियता ऐतिहासिक रूपमा गम्भीर जोखिममा रहेको, लोकतन्त्र र संविधानवादका आधारमाथि पपुलिज्मको नाममा निरन्तर प्रहार भइरहेको तथा नेपाली कांग्रेस अहिले सबैभन्दा अप्ठ्यारो राजनीतिक परिस्थितिमा उभिएको धारणा राखेका थिए।

खड्काले पार्टीलाई प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा लैजानका लागि संगठनात्मक र भावनात्मक रूपमा सम्पूर्ण एकता अपरिहार्य रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पार्टी एकताको नेतृत्व मुख्य रूपमा गगन थापाले गर्नुपर्ने र दोस्रोमा विश्वप्रकाश शर्माको भूमिका रहने उनको सुझाव रहेको छ।

उनले हालै गरिएको केन्द्रीय कार्यसमितिको मनोनयन प्रक्रियाबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको भन्दै उक्त निर्णयले पार्टीको बृहत् एकताको उद्देश्यमा चोट पुगेको टिप्पणी गरेका छन्।

खड्काले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति भोग्नुका साथै जनविश्वास समेत गुमाउनुपरेको स्मरण गर्दै अहिलेको परिस्थितिमा आत्मसमीक्षा गर्दै साझा धारणा र संगठनात्मक एकतासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले हालै सम्पन्न आम निर्वाचनको परिणामले पार्टीलाई गम्भीर रूपमा झस्काएको र क्षति समेत पुगेको उल्लेख गर्दै अब नयाँ सोच, दृष्टिकोण र साझा भावनासहित अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

खड्काले पार्टी नेतृत्वमा रहेका सबैलाई एकता, सहकार्य र साझा विचारका आधारमा अघि बढ्न पुनः आग्रह गर्दै निर्णायक तहमा रहेका नेताहरूले जिम्मेवारीपूर्वक कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।