२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज जलडमरूमध्यमा दक्षिण कोरियाली जहाजमाथि अज्ञात वस्तुद्वारा प्रहार



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले होर्मुज जलडमरूमध्यमा लंगर हालेर बसेको एक दक्षिण कोरियाली व्यावसायिक जहाजमा दुईवटा अज्ञात उडिरहेका वस्तुले प्रहार गरेको पुष्टि गरेको छ ।

सरकारी संयुक्त अनुसन्धान टोलीले गरेको स्थलगत निरीक्षणपछि यस घटनाको औपचारिक जानकारी दिइएको हो । मन्त्रालयका अनुसार गत मे ४ तारिखमा पानामाको झण्डा अंकित ‘एचएमएम नामु’ नामक जहाजको पछिल्लो भागमा विष्फोट भई आगलागी भएको थियो ।

उक्त जहाजमा ६ जना दक्षिण कोरियाली र १८ जना विदेशी नागरिक गरी कुल २४ जना चालक दलका सदस्यहरू सवार थिए । घटनामा कुनै मानवीय क्षति नभएको र सबै सदस्यहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

प्राविधिक जाँचका क्रममा जहाजको इन्जिन, जेनेरेटर वा बोयलरमा कुनै खराबी नभेटिएकाले उक्त आगलागी जहाजको आन्तरिक कारणले नभएको निष्कर्ष निकालिएको छ ।

यद्यपि प्रहार गरिएका वस्तुहरूको प्रकृति र आकारका बारेमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। घटनास्थलबाट संकलन गरिएका भग्नावशेषहरूको थप वैज्ञानिक विश्लेषण भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, दक्षिण कोरियाका लागि इरानी राजदूत सइद कुजेचीले परराष्ट्र मन्त्रालयको भ्रमण गरी अनुसन्धानको नतिजाबारे जानकारी लिनुभएको छ ।

इरान यस क्षेत्रको एक प्रमुख सम्बद्ध मुलुक भएकाले उनलाई घटना र अनुसन्धानको वस्तुस्थितिबारे ब्रिफिङ गरिएको प्रवक्ताले बताउनु भयो । –न्युज एजेन्सी नेपाल