२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको सेवा क्षेत्रमा ८.१ प्रतिशतको उच्च वृद्धि



अ+ अ-

काठमाडौँ। मलेसियाको सेवा क्षेत्रमा सन् २०२६ को पहिलो त्रैमासिकमा वार्षिक रूपमा ८.१ प्रतिशतको वृद्धि देखिएको छ ।

सोमवार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, यस अवधिमा सेवा क्षेत्रको कुल राजश्व ६८२ अर्ब रिंगिट (करिव १७३.६५ अर्ब अमेरिकी डलर) पुगेको छ ।

लचिलो उपभोक्ता खर्च, पर्यटन गतिविधिमा आएको तिब्रता र डिजिटल प्रविधिको बढ्दो प्रयोगले यस वृद्धिलाई प्रमुख रूपमा सहयोग पु¥याएको छ ।

मलेसियाको तथ्यांक विभाग (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै लुनार नयाँ वर्ष र इद–उल–फित्र जस्ता प्रमुख चाडपर्वहरूका कारण आन्तरिक आर्थिक गतिविधि सुदृढ रहँदा सबै क्षेत्रहरूमा व्यापक सुधार देखिएको जनाएको छ ।

देशभित्रको बढ्दो गतिशीलता, सक्रिय पर्यटन गतिविधि र राष्ट्रव्यापी कार्यक्रमहरूले सेवा क्षेत्रको विस्तारमा थप बल पु¥याएका छन् ।

साथै, इ–कमर्स र प्रविधिमा आधारित सेवाहरूको निरन्तर विस्तारले डिजिटल गतिविधिहरूको वृद्धिलाई समेत सुनिश्चित गरेको छ ।

क्षेत्रगत रूपमा हेर्दा, थोक तथा खुद्रा व्यापार, खाद्य तथा पेय पदार्थ र आवास क्षेत्रले ७.७ प्रतिशतको उच्च वृद्धि दर्ता गरेका छन् । यी क्षेत्रहरूको कुल राजस्व ५१२.३ अर्ब रिंगिट पुगेको छ, जसमा घरायसी खर्च र चाडपर्वसँग सम्बन्धित मागको मुख्य भूमिका रहेको छ ।

त्यस्तै, सूचना तथा सञ्चारका साथै यातायात र भण्डारण क्षेत्र ९.५ प्रतिशतले बढेर ९७.३ अर्ब रिंगिट पुगेको छ । डिजिटल कनेक्टिभिटी, लजिस्टिक र यातायात सेवाको निरन्तर मागले यस क्षेत्रको विकासमा मद्दत पु¥याएको तथ्यांकले देखाएको छ । सिन्ह्वाको /न्युज एजेन्सी नेपाल