८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ को राजधानी जनताको ईच्छा अनुसार हुन्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्ने बताएका छन्।

मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन। पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’

पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको उनले बताए। ‘नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ। यो छलफलकै क्रममा छ,’ उनले भने।

प्रचण्डले लगातार तीन पटक महोत्सव उद्घाटन गर्ने अवसर मिलेकोमा खुसी लागेको पनि बताए। ‘लगातार महोत्सव उद्घाटन गरेर मैले ह्यायाक्ट्रिक गरेँ,’ प्रचण्डले भने।

उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता जनाए। ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ उनले भने, ‘यहाँका व्यापारी देशभित्र भन्दा पनि देशबाहिर लगानीका लागि गएका छन् भन्ने सुनेँ यो दुखदायी कुरा हो।’

सरकारले रोजगारी सिर्जनाका लागि रोजगारीमैत्री वातावरण बनाउँदै लगेको उनले बताए। लुम्बिनीमा पनि मानिसको आकर्षण बढेको उनले बताए।