१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष बनाउने सरोकारवालाको प्रतिबद्धता

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष बनाउने सरोकारवालाको प्रतिबद्धता
अ अ+ अ-

सिरहा । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, मर्यादित र निष्पक्ष बनाउने सिरहाका सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा यही मङ्सिर १४ गते हुने लागेको उपनिर्वाचनलाई लक्षित गरी समग्र विकास सेवा केन्द्रद्वारा आज आयोजित नागरिक शिक्षा कार्यक्रम स्वयंसेवक अभिमुखी अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा अघिल्लो निर्वाचनमा मत बदरको सङ्ख्या बढी देखिएकाले मतदातालाई सचेत बनाउनुपर्नेमा जोड दिँदै वक्ताले उपनिर्वाचनलाई मर्यादित, भयरहित र निष्पक्ष बनाउन सबैले आफ्नो भूमिका बढाउनुपर्ने बताएका छन् ।

समग्र विकास सेवा केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ढुङ्गेलको अध्यक्षतामा आयोजित कार्यक्रममा क्mल्याणपुर नगरपालिकाका उपाध्यक्ष रोहनीकुमारी यादवले निर्वाचनमा हुने मत बदरको सङ्ख्यामा कमी ल्याउन मतदाता शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचनको बेला उम्मेदवार र तिनका समर्थकले मतदातासँग केवल मत मात्र माग्ने तर मत कसरी खसाल्ने भन्नेबारेमा राम्ररी नसिकाउने गरेकाले विगतमा मत बदरको सङ्ख्या बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले उपनिर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कार्यालयको तर्फबाट भइरहेको प्रयास बारे स्पष्ट पार्दै यसमा सबै पक्षसँग सकारात्मक सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपाका किरण जिसी, काङ्ग्रेसका अलि हसन, राजपाका राजदेव यादवले उपनिर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन आफ्नो दलका तर्फबाट पूर्णरूपमा निर्वाचन आचारसंहिता पालना गरिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको स्वयंसेवकलगायतको सहभागिता रहेको थियो । सो वडाको वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दिलीपकुमार यादव, काङ्ग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामआशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखियाले स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएको छ । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा काङ्ग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते निधन भएपछि सो पद रिक्त थियो ।

उपनिर्वाचनका लागि आधारभूत विद्यालय तिलासी बेलहा र विष्णुचरण आधारभूत विद्यालय बेलहा गरी दुई मतदान केन्द्र निर्धारण गरिएको छ ।