५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पार्टी सांसदहरुलाई सभापति लामिछानेले भने– ‘योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नूस्’

पार्टी सांसदहरुलाई सभापति लामिछानेले भने– ‘योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नूस्’
अ+ अ-

ललितपुर; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताउनुभएको छ ।

आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताउनुभयो । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो । यति सजिलो संघर्ष दुनियामा कहिल्यै कसैले गरेको छैन । हामी त्यति सजिलो संघर्षबाट आएका हौँ । तर यो संघर्ष यति सजिलो पार्नको लागि जुन संघर्ष यसअघिका राजनीतिज्ञहरुले गरे त्यो जग त हामीसँग छ नि राजनीतिको रुपमा । पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईंहामीले अहिले पनि गर्नु परेन, भोलि पजि गर्नुपर्ने छैन । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ । मलाई अहिले पनि साथिहरुले कहिले काँही भन्नुहुन्छ– सभापतिज्यू म त शुरुवातदेखि लागेको, पार्टीमा योगदान छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ । मलाई दुःख लाग्छ । यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथिहरु । योगदान त अब दिने हो । अहिले हामी एतिहासिक क्रान्तीबाट आएका छौँ । यो क्रान्तीलाई पनि परिणाम दिन सकेनौँ भने तपाईं हामी नालायक भनेर निस्किन्छौँ ।’

उहाँले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल