१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस आज साँझ करिब ७ः०० बजे अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताउनुभयो ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ । बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् । एक जना विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताउनुभयो । रासस