६ श्रावण २०८३, बुधबार
,
Latest
थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु



अ+ अ-

काठमाडौँ। गाजा शहरको पश्चिमी क्षेत्रमा रहेको एक प्रहरी सुरक्षा चौकीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शी र प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार सो आक्रमणमा अन्य कैयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायले जारी गरेको संक्षिप्त विज्ञप्तिअनुसार गाजा शहरको पश्चिममा पर्ने अन्सार क्षेत्रस्थित सुरक्षा मुख्यालयको गार्ड पोष्टलाई लक्षित गरी इजरायली विमानले आक्रमण गरेको हो ।

प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली हेलिकप्टरले हमासको आन्तरिक सुरक्षा मुख्यालय अगाडि रहेको सुरक्षा चौकीमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सो आक्रमणमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकाहरूलाई तत्काल अस्पताल लगिएको थियो । घाइतेमध्ये एक जनाको गाजाको अल–शिफा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यस घटनाका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

सन् २०२५ अक्टोबरमा भएको कमजोर युद्धविराम सम्झौताका बाबजुद गाजा क्षेत्रमा सैन्य तनाव र इजरायली हवाई आक्रमणहरू निरन्तर जारी छन् । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै अस्पतालहरूमा ९ जनाको शव र ३९ जना घाइतेहरू ल्याइएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता ८४६ जनाको ज्यान गइसकेको छ भने २ हजार ४ सय १८ जना घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा द्वन्द्व शुरु भएयता गाजामा कूल मृतकको संख्या ७२ हजार ६ सय २८ पुगेको छ भने १ लाख ७२ हजार ५ सय २० जना घाइते भएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल