५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

जवानी सम्झेर धुरुधुरु रुँदैछ कांग्रेस : बाँस्कोटा

जवानी सम्झेर धुरुधुरु रुँदैछ कांग्रेस : बाँस्कोटा
अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी काँग्रेसले सत्ताको जवानी सम्झेर आरोपको खेती गरेकोसमेत टिप्पणी गर्नुभयो ।

काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले काँग्रेसको आरोप सन्तुष्टि लिन र उपनिर्वाचनको मुखमा तुष्टि लिनका निम्ति मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेसले आरोप लगाउन पाएकै थिएन । सात सालयता नेपालको राजनीतिक सत्ताको मियो नै काँग्रेस बनेको थियो । इतिहासमा पहिलोपटक नेपाली जनताले फैसला गरेको त्यो राजनीतिक सत्ता नेकपाको हातमा आयो । जवानी सम्झेर धुरुधुरु रुनुपर्नेजस्तो भएकाले आरोपको खेती उहाँहरुले गर्नुभयो ।”

राजनीतिमा विकृति ल्याएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री बाँस्कोटाले पञ्चायतपछिको पहिलो सरकार त्यसमा पनि सुविधाजनक बहुमत पाएको काँग्रेस नेतृत्वको सरकार आफ्नै कारण ढलेको भन्दै अस्थिरताको शुरुआत काँग्रेसबाटै भएको जिकिर गर्नुभयो । “आरोप लगाउन पाइन्छ । काँग्रेसले २१ वटा आरोप लगाउनुभयो भने हामी २०४६ देखि २०७६ सम्मका २९ वर्षका २९ वटा आरोप लगाउन सक्छौँ । अनेक विषय हुनसक्छन् । प्रजातन्त्रका नाममा के–कस्ता विकृति भएका छन् । बालुवाटारको जग्गा सुवर्णशमशेर परिवारलाई प्रजातन्त्रका लागि योगदान गरेको भनेर कसले दिएको हो ?”, सञ्चारमन्त्रीले भन्नुभयो ।

उहाँले विगतमा भएका बेथितिको अन्त्य गर्दै मुलुकलाई सुशासनतर्फ अगाडि बढाउने दिशामा सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मुलुकलाई सुशासनतर्फ अगाडि बढाउन चाहेका छौँ, त्यसैले बालुवाटारको जग्गा पनि खोजी गर्दैछौँ । सुन तस्करको जालो पनि तोडियो । राजनीतिक संस्कारको कुरा गर्ने हो भने आलम (सांसद) को मुद्दामा काँग्रेसको निर्णय कस्तो छ ? लाउडा, धमिजा, पछिल्लो वाइडबडीलगायतमा छानबिन समिति बनाएर अनुसन्धान अघि बढाइएको छ । अहिले तीव्र आर्थिक वृद्धि, न्यायमा आधारित वितरण प्रणाली, औद्योगिकीकरणलगायत काम थालेका छौँ ।”

सञ्चारमन्त्री बाँस्कोटाले आर्थिक समृद्धि, सुशासन, न्यायसमेतको राजनीतिक व्यवस्थालाई सुदृढ गर्न नेकपा नेतृत्वको सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको २१ महिने कार्यकालमा केही कमीकमजोरी भएका छन् त्यसलाई सच्याउँदै जानुपर्छ । हामी कमजोरीलाई आत्मसात् गर्छौँ र हाम्रा सम्पूर्ण क्षमतालाई व्यक्तिका, राज्यका, प्रवृत्तिका र अन्तर्राष्ट्रिय सम्बन्धका सबै कुराहरुलाई लैजान्छौँ ।” सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी दलले सहयोग नगरेका कारण २१ महिनासम्म संवैधानिक आयोगमा नियुक्ति हुन नसकेको बताउनुभयो ।

यस्तै सञ्चारमन्त्री बाँस्कोटाले कूटनीतिक र राजनीतिक प्रयासबाटै अहिलेको सीमासम्बन्धी समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो । भारतले कालापानीमा सीमा मिचेको सन्दर्भमा सरकारले के कुरा गर्यो भनी सोधिएको एक अर्को जिज्ञासामा सरकारका प्रवक्ता बाँस्कोटाले सीमाबारे राष्ट्रिय दृष्टिकोण बनाइएको र सीमा संरक्षणका लागि देश एकताबद्ध भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई कसैको एक इञ्च जमीन चाहिँदैन र हाम्रो पनि एक इञ्च जमीन दिन सक्दैनौ, यो कुरा प्रधानमन्त्रीले प्रष्टरूपमा राखिसक्नुभएको छ । सायद नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीको सिटमा बसेर प्रधानमन्त्री स्वयंले यस प्रकृतिको सिधा, जनताले समेत बुझ्ने र सम्बन्धित पक्षले नेपालको दृष्टिकोण थाहा पाउने गरी दिएको अभिव्यक्ति देख्दादेख्दै के ग¥यो भनेर प्रश्न नगर्नुभएनै राम्रो हुन्छ, चासोप्रति धन्यवाद छ ।”

सीमाको समस्या समाधान गर्न नेपाली जनता र अन्य राजनीतिक शक्तिले सरकारलाई तागत दिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “त्यसैको जगमा सरकारले झण्डै ६५ वर्षदेखि बल्झिरहेको पुरानो मुद्दालाई टुङ्गोमा पुर्याउनुपर्छ तर यसका लागि समय त लाग्छ । यसको हामी कसैले पनि सैनिक समाधान अथवा सामरिक समाधान खोजेका हैनौँ, छैनौँ । सबैले त्यही कुरा त्यही पाटो रोजेका छौँ, संवाद र कूटनीतिक माध्यमबाट सत्य र प्रमाणका आधारबाट हामी हाम्रो जमीन स्थापित गर्छौ यो सरकारको दृढता हो ।”