१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीसंग तत्काल एकताको हुदैन : राजेन्द्र महतो



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले तत्काल समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले समाजवादी पार्टी सरकारमा बसेका कारण एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताए।

‘देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ। आउने दिनमा यो शक्ति निर्माणको दिशामा अगाडि बढ्छ,’ उनले भने, ‘तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन सक्दैन।’

महतोले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीसँग एकताको कुरो भइरहेको बताए। मन्त्रीमण्डल पुनर्गठनको विषयमा केही बोल्न नचाहेका उनले भने, ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन।’

उनले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत बताए। उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरूविरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने प्रष्टाए ।

‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ’, उनले भने।