२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ रिहा



अ+ अ-

काठमाडौँ: नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् ।

श्रेष्ठलाई १५ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि खोजेको समयमा उपस्थित हुने शर्तमा  २२ वैशाखमा उनलाई पनि परिवारको जिम्मा लगाइएको हो ।

। व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालतले बीमा ऐनअनुसार म्याद थप गर्न अस्वीकार गरेपछि उनको हकमा पनि एउटै व्यवहार गर्ने भन्दै हाजिरी जमानतमा छोडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान लागि ४६ वर्षीय श्रेष्ठ काठमाडौंको कागेश्वरी मनहरा-५ बाट पक्राउ गरिएको थियो ।

उनलाई बीमा प्राधिकरणको पत्रको आधारमा बीम ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।