५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’
अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्यो, स्थायित्व हुनुपर्यो । विकास निर्माणले गति लिनुपर्यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’

अध्यक्ष दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे । ‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो । अब त्यो स्थितिको अन्त्य भयो । दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं ।’

दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट गर्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो । उनले तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि सुनाए । ‘गएको डेढ वर्षमा मलाई कार्यकारीजस्तो फिल भएन,’ उनले भने, ‘मलाई कार्यकारीका रूपमा काम गर्न त्यति सहज वातावरण थिएन । अबचाहिँ सहज भयो, दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो ।’

पार्टी सचिवालयको बुधबारको निर्णयले ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमति प्रतिस्थापन गरेको दाहालको भनाइ छ । ‘यो निर्णयले गत वर्ष जेठ २ गतेको सहमतिलाई प्रतिस्थापित गर्यो, अब केही कन्फ्युजन आउँदैन,’ उनले स्पष्ट पारे ।

पार्टी एकीकरणकै बेला एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको जिम्मा लिनेबारे छलफल भए पनि सहमति नभएको उनले जानकारी दिए । ‘प्रधानमन्त्री पनि, अध्यक्ष पनि र वरीयतामा पनि एक नम्बरमा हुँदा त अर्को अध्यक्षको भूमिका छ भन्न सिद्धान्तले हुने तर व्यवहारमा नहुने अनुभव भयो,’ उनले भने, ‘अहिले दुई अध्यक्षको कार्यकारी अधिकारसहित भूमिका विभाजन भएको छ ।’ अब पार्टीको कार्यकारी अध्यक्षका रूपमा के भूमिका हुन्छ भन्ने प्रश्नमा दाहालले भने, ‘एउटा त बैठकको अध्यक्षता गर्ने, एजेन्डा प्रस्तुत गर्ने, अध्यक्षको हैसियतले निर्णय गर्ने कुरासँग यो सम्बन्धित छ ।’ सचिवालय बैठकको निर्णयलाई स्पष्ट पार्दै उनले थपे, ‘गएको करिब डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो । अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो ।’

यसअघि नेकपा सचिवालय बैठकमा अध्यक्षता दुवैले गर्दै आएको भनिए पनि बैठकका एजेन्डाहरू ओलीले प्रस्तुत गर्दै आएका थिए । गत मंसिर ४ को सचिवालय बैठकमा दाहाललाई कार्यकारी बनाउने एजेन्डा पनि ओलीले नै प्रस्तुत गरेका हुन् । दाहालले आफूले डेढ वर्षमा एकपटक पार्टी सचिवालय र एकपटक स्थायी समिति बैठकको अध्यक्षता गरेको स्मरण गर्दै सचिवालयको नयाँ निर्णयका कारण ओलीले अध्यक्षता गर्ने ‘च्याप्टर’ सकियो भन्ने अर्थ नलाग्ने स्पष्ट पारे । ‘कुनैबैठक उहाँले अध्यक्षता गर्दा राम्रो हुने हामीलाई लाग्दा उहाँको अध्यक्षता गर्ने अधिकारलाई यो निर्णयले निषेध गर्दैन, जसरी हिजो उहाँले अध्यक्षता गर्दा मैले अध्यक्षता गर्ने कुरालाई निषेध थिएन,’ उनले भने ।

दाहालले अब पार्टी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमै बोलाउने जानकारी गराए । पार्टी एकीकरणको डेढ वर्षमा गत भदौ ९ गते दाहालले अध्यक्षता गरेको सचिवालय बैठकमात्रै पार्टी कार्यालयमा बसेको थियो ।अध्यक्ष दाहालले अध्यक्षहरूको कार्यविभाजनले एकीकरणका बेला भएको एउटा मात्रै बुँदालाई नयाँ सहमतिलाई प्रतिस्थापन गरेको बताए । अब हुने पार्टीको एकता महाधिवेशनबाट सहमतिमै नेतृत्व छान्ने पुरानो समझदारी पनि कायमै रहेको उनको भनाइ थियो ।

उनले वरिष्ठ नेता माधवकुमार नेपालको पार्टी र सरकार सञ्चालनमा महत्त्वपूर्ण योगदान रहेको बताए । ‘माधवजीसँग लामो संगत र छलफल गरेको हुनाले आनीबानी थाहा छ, मेरो पनि उहाँलाई थाहा छ,’ उनले भने, ‘अहिले उहाँ पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँको भूमिका महत्त्वपूर्ण छ ।’ कान्तिपुरबाट