५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

चितवन मेडिकल कलेज आन्दोलन, आन्दोलन दबाउन कलेजले प्रहरीसँग मिलेर पिस्तोल राखेको विद्यार्थीको आशंका

चितवन मेडिकल कलेज आन्दोलन, आन्दोलन दबाउन कलेजले प्रहरीसँग मिलेर पिस्तोल राखेको विद्यार्थीको आशंका
अ+ अ-

काठमाडौं । सरकारले तोकेभन्दा बढी शुल्क उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका वेला चितवन मेडिकल कलेजमा पिस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग मिलेर पिस्तोल राखेको विद्यार्थीको आशंका छ । प्रमुख जिल्ला अधिकारीको रोहबरमा ४ असोजमा बसेको सर्वपक्षीय बैठकमा कलेजले १८ कात्तिकभित्र रकम फिर्ता वा समायोजन गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेपछि विद्यार्थीले आइतबार विरोध र्याली निकाल्ने तयारी गरेका थिए ।

मूल मुद्दा विकेन्द्रित गर्दै आन्दोलन दबाउने र आफूहरूलाई फसाउने मनसायले गम्भीर षड्यन्त्रमा पिस्तोल राखिएको उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले नीलो झोलामा पिस्तोलसहितका सामग्री कलेजको होस्टेलअगाडि चौरमा भेटिएको बताएका छन् ।

सूचनाका आधारमा आफूहरू कलेज पुगेर ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, वाइको म्यागजिन एक थान, वाइको गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान र एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित रेसमी विद्युतीय तार बरामद गरेको उनले बताए ।

प्रहरीले कलेजका चार गार्डलाई नियन्त्रणमा लिएको छ । ‘हतियार बरामद गरेका छौँ । सो घटनामा शंका लागेका कलेजका चार गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ,’ कोइरालाले भने, ‘अनुसन्धान भइरहेकाले बाँकी विषय बोल्न मिल्दैन ।’ घटनापछि प्रहरीले विद्यार्थीसहित कलेजलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको घेरा तोडेर बाहिर आएका विद्यार्थी आइतबारको आन्दोलन सफल बनाउने भन्दै चौबिस कोठीमा जम्मा भइसकेका छन् । आइतबारको आन्दोलन हुन नदिने कलेजको षड्यन्त्र सफल हुन नदिने विद्यार्थीले बताएका छन् ।

विद्यार्थीसँग बढी शुल्क लिएपछि निरन्तर आन्दोलन:चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरू कलेज प्रशासनसँग असन्तुष्ट हुँदै निरन्त आन्दोलनमा छन् । शुल्क विवादका कारण कलेजमा झन्डै तीन महिनादेखि अध्ययन–अध्यापन हुन सकेको छैन । कलेजले ६ लाखदेखि २० लाखसम्म अतिरिक्त शुल्क असुलेको विद्यार्थीको आरोप छ ।

चितवन मेडिकल कलेज चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दका अनुसार कलेजले मात्र आठ सयभन्दा बढी विद्यार्थीको ३२ करोड फिर्ता र २२ करोड समायोजन गर्नुपर्नेछ । तर, कलेजले भने विभिन्न शुल्क कट्टा गरी एमबिबिएसतर्फ ९० जना र बिडिएसतर्फ ३६ जनाको रकम मात्र समायोजन गनुपर्ने जिम्मेवारी रहेको दाबी गरेको छ । नयाँ पत्रिका दैनिकबाट