२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाएका छन्  ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उनलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

बराल यसअघि सचेतकको जिम्मेवारीमा रहेका थिए ।  यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहनुभएकामा उहाँ ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।