२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङले ट्रान्सफर्मर क्षति हुँदा स्याङ्जाको वालिङ–भीरकोटका १३ हजार उपभोक्ता तीन दिनदेखि विद्युत् विहीन



अ+ अ-

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् ।

गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि उनीहरु विद्युत्विहीन भएका हुन् ।

विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका ती उपभोक्ता विद्युत् विहीन भएका हुन् ।

ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिए ।

“हामीसँग भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल लगेका छौँ,” उनले भने, “मर्मतका लागि समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर प्रयोगका लागि माग गरिएकामा ट्रान्सफर्मर प्राप्त भएको छ, ल्याएर जडान गर्न केही दिन लाग्छ ।”

सो कम्पनीको वालिङअन्तर्गत करिब १८ हजार ५०० उपभोक्ता छन् ।