११ भाद्र २०८३, बिहीबार
,
Latest
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघको नेतृत्व चयन आज, ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सुरु हुँदैछ । सोमबारबाट प्रारम्भ भएको साधारणसभा अन्तर्गत मंगलबार निर्वाचनमार्फत बाँकी पदाधिकारी टुंग्याइने कार्यक्रम रहेको छ ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने भएकाले अन्य पदमा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुनेछ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार कुल ७३ पदका लागि १३७ जनाले उम्मेदवारी दिएका छन् । चार उपाध्यक्षसहित विभिन्न सदस्य पदका लागि मतदान हुने छ । उपाध्यक्षमध्ये जिल्ला/नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन गरिनेछ ।

मतदानमा करिब दुई हजारभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ । महासंघका अनुसार एसोसिएट समूहमा १८५०, जिल्ला/नगरमा १२९, वस्तुगत संघमा १०७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रियमा ८ र संस्थापक समूहमा १२ जना मतदाता रहेका छन् ।

निर्वाचन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ भने मतपरिणाम बुधबार सार्वजनिक गरिने जनाइएको छ