५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ : राज्यमन्त्री दुगड

‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ : राज्यमन्त्री दुगड
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

राज्यमन्त्री दुगडले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले ‘रेड कार्पेट’ ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी लगानीका लागि राम्रो वातावरण तयार गर्नुपर्छ । उद्योग–व्यवसाय फस्टाउँदा ठूलो मात्रामा रोजगारी सिर्जना हुन्छ र रोजगारी सिर्जना भएमा गरिबी न्यूनीकरण गर्न सकिन्छ । साथै रेमिट्यान्सका भरमा चलेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।”

राज्यमन्त्री दुगडले उद्योग मन्त्रालय निजी क्षेत्रको अभिभावक भएको र यसले उद्योग–व्यवसाय सञ्चालनको अनुमति दिन, प्रवद्र्धन गर्न, संरक्षण गर्न, बजार नियमन तथा अनुगमन गर्नाका साथै शान्तिसुरक्षा गर्नेसमेत जिम्मेवारी रहेको बताउनुभयो । उपरोक्त कामका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहजीकरण गर्ने र उद्योगी–व्यवसायीका अन्य मन्त्रालयसँग सम्बन्धित कार्यका पनि समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

“संविधान जारी भएसँगै तीनै तहको सरकारको संरचना तयार भएको छ, राजनीतिक स्थायित्वपछि बनेको बलियो सरकारले समृद्धिको अभियान शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई कार्यान्वयन गर्न मुलुकमा अब उद्योग–व्यवसाय फस्टाउनु अपरिहार्य छ ।”

मुलुकमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन र उत्पादकत्व बढाई निर्यातमूलक उत्पादनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै राज्यमन्त्री दुगडले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिनुभयो । जडीबुटी, खानी तथा खनिज उत्खननमा जोड दिने साथै पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी निर्यात गरेर व्यापार घाटा कम गर्न प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकको व्यापार–व्यवसाय क्षेत्रमा वैदेशिक लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने, एकद्वार प्रणालीबाट सञ्चालन अनुमतिलगायत उद्योग–व्यवसायका आवश्यक सम्पूर्ण कार्य गर्नुपर्ने र श्रम समस्या समाधान गरी सहजीकरण गर्नुुपर्नेमा जोड दिँदै राज्यमन्त्री दुगडले बहुआयामिक प्रतिफल दिने र अपार सम्भावना भएका कृषि, पर्यटन, वन, खानी र जलविद्युत्लगायत क्षेत्रमा लगानी वृद्धि गर्न तथा व्यवसाय सञ्चालनका लागि भरमग्दुर प्रयत्न गर्नेमा जोड दिनुभयो ।

साथै रुग्ण सार्वजनिक उद्योग सञ्चालनका सम्बन्धमा उहाँले आवश्यक अध्ययन गरी अघि बढ्ने र तत्काल राम्रो प्रतिफल दिने र ठूलो लगानी आवश्यक नपर्ने उद्योगलाई सरकारले सञ्चालन गर्ने तथा अन्यका हकमा थप अध्ययन गरी कतिपय त्यस्ता उद्योग निजी क्षेत्रलाई पनि सञ्चालनका लागि दिन सकिने धारणा व्यक्त गर्नुभयो ।