३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्ययोजना कार्यान्वयनमा जोड



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्ययोजना कार्यान्वयनमा तीव्रता दिएको छ ।

शासकीय सुधार कार्ययोजनाअनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ ।

आज मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ ।

मन्त्रालयले अस्पताललाई बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), फार्मेसी, रेडियोलोजिकल विभागलगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ ।  बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।

यस्तै, कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउनर अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ । मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा ‘एमआर’ लाई प्रवेशमा रोक लगाउन पनि निर्देशन दिएको जनाइएको छ ।

यसअघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको समेत मन्त्रालयले अनुगमन गरेको थियो ।

सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्ययोजना’ को बुँदा नं ८५ को ‘क’ देखि ‘ङ’ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विषय समावेश छन् । रासस