८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिवारिक र स्वास्थ्य कारण देखाउँदै नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा



अ+ अ-

काठमाडौं । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । उनले पारिवारिक तथा शारीरिक समस्याका कारण हाललाई जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा पेश गरेका हुन् ।

विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय समितिको २०८० साउन १० गतेको निर्णय र २०८० असोज १३ गतेको पत्रअनुसार तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई नेपाल दलित संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा नियुक्त गरेको स्मरण गर्दै आभार व्यक्त गरेका छन् ।

आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बुझाइएको राजीनामा पत्रमा उनले संघका अन्य गतिविधिमा भने सधैं सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।




भर्खरै