५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उपभोक्तालाई ठग्दै खाद्य कम्पनी, कुहिसकेको चामललाई पुन: प्रशोधित गरेर बिक्री गर्ने तयारीमा

उपभोक्तालाई ठग्दै खाद्य कम्पनी, कुहिसकेको चामललाई पुन: प्रशोधित गरेर बिक्री गर्ने तयारीमा
अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चालम कुहिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ केजी चामल अयोग्य ठहर गरेको छ । तर, खाद्य कम्पनीले भने विभागको निर्देशनलाई समेत अटेर गरी पुनः प्रशोधन गरी बिक्री गर्ने तयारी गरेको हो । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले घुमाउरो पाराले चामल अखाद्य रहेको स्वीकार गरेका छन् । ‘लामो समयदेखि गोदाममै चामल थन्किएकाले गुणस्तर मात्र कम भएको हो ।

पूर्ण रूप कुहिएको छैन,’ बुढाथोकीले भने, ‘आर्थिक वर्ष २०७१/७२ मा जनकपुरबाट आफ्नै मिलमा कुटाएर ल्याएको हो । त्यो समयमा जनकपुरबाट बासमती चामल ठूलो परिमाणमा ल्याएका थियौं । सबै चामल बिक्री गर्न नसक्दा गोदाममा थन्किएको थियो ।’ गोदाममै थनकिएको चामल समयमा व्यवस्थापन गर्न नसक्दा केही बिग्रिएको बुढाथोकीले बताए । कुहिएको चामल किन बेच्ने तयारी गरेको भन्ने प्रश्नमा उनले प्रशोधनपछि खाद्य गुणस्तर प्रविधिको रिपोर्टअुनसार बिक्री गर्न सक्ने दाबी गरेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने प्रशोधन गरेको चामल खानयोग्य नहुने बताए । प्रवक्ता महर्जनले भने, ‘प्रशोधन गरिएको चामल मानिसका लागि खान योग्य हुँदैन । त्यसका लागि हामीले कुनै सहमति दिने कुरौ हुँदैन ।’ अञ्चल कार्यालय थापाथालीको २४ नम्बर गोदाममा ३ सय २३ क्विन्टल १७ केजी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल ५ केजी चामल प्रशोधन गर्न नमिल्ने भनेर नष्ट गर्न निर्देशन दिएको विभागका प्रवक्ता महर्जनले बताए ।

‘यदि सो चामल प्रशोधन गरेर उपभोक्तालाई बिक्री गरेको पाइएमा खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही हुन्छ,’ प्रवक्ता महर्जनले भने, ‘सो ऐनमा कुनै खाद्य व्यापारीले उपभोक्तालाई प्रशोधन गरेर खाद्य बिक्री गरेर ठगी गरेको पाइएमा ५० हजार जरिमाना वा ५ वर्ष कैद वा दुवै हुने सक्ने व्यवस्था छ । यदि खाद्य कम्पनीले सो चामल प्रशोधन गरेर उपभोक्तालाई बिक्री गरेको पाइएमा कानुनबमोजिम नै कारबाही हुन्छ,’ प्रवक्ता महर्जनले भने ।

प्रवक्ता महर्जनका अनुसार खानयोग्य चामल जलांश तौलका आधारमा १५ प्रतिशतमाथि नबढेको हुनु पर्नेछ । फोहोरजन्य पदार्थ ०.१ प्रतिशत नबढेको हुनुपर्ने, जैविक बाह्य पदार्थ ०.५ प्रतिशत, अजैविक बाह्य पदार्थ ०.१ प्रतिशत बढी हुनुहुँदैन । कुल बाह्य पदार्थको मात्रा ०.७ प्रतिशत, तापले क्षति पुर्याएको दाना ३ प्रतिशत मात्र हुनु पर्नेछ । क्षतिग्रस्त दाना ३ प्रतिशत, अविकसित दाना २ प्रतिशत, सेतो दाना ७ प्रतिशत, रातो चामल ४ प्रतिशत, रातो धर्सा भएको चामल ८ प्रतिशत नबढेको हुनुपर्नेछ ।

यदि सो मापदण्डअनुसार नभएमा कुनै पनि चामल मानिसले खान योग्य नहुने प्रवक्ता महर्जनले बताए । यसैगरी, उनले चामलमा टुक्रेको चामल २५ प्रतिशत नबढेको, चिप्स ०.१ प्रतिशत नबढेको, धान ०।३ प्रतिशत, माईको टक्सिन २० प्रति किलोग्राममा नबढेको, युरिक एसिड १०० मिलिग्राम प्रतिकिलोग्राममा नबढेको हुनुपर्ने छ । सो मापदण्डभन्दा कुनै पदार्थ मिस्स भएको छ भने मानिसका लागि खान योग्य हुँदैन । राजधानी दैनिकबाट