५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सरकारमाथी कांग्रेसको दैनिक प्रश्नहरु तेर्सिँदै, २१ महिनामा सरकारको २१ असफलताहरु

सरकारमाथी कांग्रेसको दैनिक प्रश्नहरु तेर्सिँदै, २१ महिनामा सरकारको २१ असफलताहरु
अ+ अ-

काठमाडौं । उपचुनाव हुन एक साता पनि बाँकी छैन। चुनाव प्रचारप्रसारको समय (मौन अवधि) सम्म प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन सरकारसँग एउटा प्रश्न सोध्ने भएको छ। सरकारका २१ महिनामा २१ असफलता सार्वजनिक गरेको कांग्रेसले उपनिर्वाचनमा आफ्नो पक्षमा चुनावी माहोल बनाउने रणनीतिअनुसार सरकारका कमजोरीलाई केन्द्रमा राखेर दैनिक एउटा प्रश्न सोध्ने गरेको हो।

‘जिम्मेवार प्रतिपक्षको भूमिकालाई हामी अझ प्रखर बनाउँदै अघि बढ्ने उद्घोष एकातर्फ गरिरहेका छौँ भने अर्कातर्फ सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक रूपले औंल्याइरहेका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सार्थक बहस र स्वस्थ प्रतिस्पर्धाले लोकतान्त्रिक विधि र विश्वासलाई महत्वपूर्ण योगदान पुग्ने अपेक्षा हामीले राखेका छौं।’ शनिबारदेखि कांग्रेसले प्रश्न सोध्न सुरु गरेको छ। बुधबारसम्म पाँच दिन कांग्रेसले हरेक साँझ ५ बजे सरकारलाई एउटा प्रश्न सोध्नेछ।

मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। कांग्रेसले अन्तिम प्रश्न मौन अवधि सुरु हुनुअघि ११ गते साँझ सरकारलाई सोध्नेछ। उपनिर्वाचनबाट सरकार फेरबदल नहुने भए पनि सरकारका गतिविधि सच्याउने अवसर भएको भन्दै कांग्रेसले आफ्नो पार्टीलाई मत दिन अपिल गर्दै आएको छ। ‘उपनिर्वाचनको मिति नजिक आइरहँदा एकातर्फ हामी कांग्रेसलाई मत दिन जरुरी कारण उल्लेख गरिरहेका छौं भने अर्कातर्फ सरकारको असफलताका तथ्य राखिरहेका छौं,’ उनले भने, ‘२१ महिनामा भएका सरकारका असफलतामध्ये प्रतिनिधिमूलक विषय हामीले प्रत्येक दिन प्रश्नका रूपमा सरकारलाई सोध्छौं।’

शनिबार कांग्रेसले भ्रष्टाचारसम्बन्धी प्रश्न सोधेको थियो। ‘वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार, बालुवाटार जग्गाकाण्ड लगायत प्रकरणमा सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नारा शून्य सफलतातर्फ उन्मुख हुनु राज्यको शासकीय अयोग्यता कि संस्थागत भ्रष्टाचारको क्रान्तिकारी छलाङ ? ’, कांग्रेसको प्रश्न थियो। दोस्रो दिन आइतबार कांग्रेसले शान्ति सुरक्षा दिन सरकार असफल भएको भन्दै सरकारलाई प्रश्न सोधेको छ।

राजनीतिक वातावरण सहज भए पनि मुलुकको शान्ति सुरक्षाको स्थिति निरन्तर खस्किनु दुःखद भएको भन्दै कांग्रेसले सोधेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू नागरिकलाई सुरक्षाको प्रत्याभूति कहिले गर्ने ? ’ चुनावी प्रचारमा सार्वजनिक तवरबाट सरकारसँग प्रश्न सोध्ने यो नयाँ शैली हो। कांग्रेसले आफूले सरकारसँग सवालजवाफ गर्न नखोजेको भन्दै मतदातालाई सरकारका कमजोरीबारे सूचित गराउन मात्र चाहेको बताएको छ।

‘हाम्रा हरेक प्रश्नको जवाफ सरकारले दिनैपर्छ भन्ने होइन, तर पनि सरकारका कमजोरीबारे मतदातालाई जानकारी गराउने र सरकारलाई पनि सच्चिन सन्देश दिने उद्देश्यले नेपालमै बहसको नयाँ शैली अपनाएका हौं,’ प्रवक्ता शर्माले भने। कांग्रेसले लिखित प्रश्नका साथै भिडियो विज्ञप्ति पनि सार्वजनिक गर्ने गरेको छ। प्रतिनिधिसभातर्फ १, प्रदेशसभामा ३, उपमहानगरपालिकाको प्रमुखमा १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ को उपनिर्वाचन हुँदैछ। अन्नपुर्णपोष्ट दैनिकबाट