८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा



फाइल फोटो
अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले सोमबार काठमाडौं र हेटौंडास्थित उनका आवास तथा कार्यालयहरूमा एकैसाथ छापा मारेको जनाएको छ।

विभागका अनुसार बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको तथा विवरण लुकाएको आशंकामा अनुसन्धान सुरु गरिएको हो। सोही सन्दर्भमा काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयका साथै हेटौंडामा रहेको घर र कार्यालयमा टोली परिचालन गरी कागजात तथा प्रमाण संकलन गरिएको बताइएको छ।

बानियाँ ‘क’ वर्गका ठेकेदारसमेत रहेकाले उनको आर्थिक गतिविधिमाथि विशेष निगरानी राखिएको स्रोतले जनाएको छ। विभागले छापामार कारबाहीमार्फत आर्थिक कारोबारसम्बन्धी विवरण, कागजात र अन्य प्रमाणहरू जफत गरी थप अनुसन्धान अघि बढाएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी हाल प्रदेश सभामा संसदीय दलका नेतासमेत छन् ।