२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डनद्वारा सिरियाली सीमा क्षेत्रका लागुऔषध र हतियार तस्करी केन्द्रहरूमा आक्रमण



अ+ अ-

काठमाडौँ। जोर्डनको सशस्त्र बलले सिरियासँग जोडिएको आफ्नो उत्तरी सीमा क्षेत्रमा सक्रिय लागूऔषध तथा हतियार तस्करहरूका ठेगानाहरू लक्षित गरी आईतवार बिहानै हवाई आक्रमण गरेको छ ।

सेनाद्वारा जारी आधिकारिक विज्ञप्तिमा यस सैन्य कारबाहीको पुष्टि गरिएको हो । सेनाकाअनुसार उक्त कारबाहीमा तस्कर समूहहरूले जोर्डनी भूमिमा अवैध सामग्री ओसारपसार गर्न प्रयोग गर्ने कारखाना, कार्यशाला र गोदामहरूलाई पूर्ण रूपमा नष्ट गरिएको छ ।

यी स्थलहरूलाई तस्करहरूले जोर्डनतर्फ अवैध गतिविधि सञ्चालन गर्ने मुख्य केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए । सशस्त्र बलले यो कारबाही भरपर्दो गुप्तचर सूचना र परिचालन तथ्याङ्कका आधारमा गरिएको जनाएको छ ।

मुलुकभित्र लागूऔषध र हतियारको अवैध प्रवाह रोक्नका लागि अत्यन्त सटिक रूपमा यो अपरेशन सञ्चालन गरिएको सेनाको दाबी छ ।

पछिल्लो समय सीमा क्षेत्रमा हतियार र लागूऔषध तस्करीका प्रयासहरूमा उल्लेख्य वृद्धि भएको सेनाको विज्ञप्तिमा उल्लेख छ।

जोर्डनले विगत केही वर्षदेखि सिरियासँगको उत्तरी सीमामा सक्रिय लागुऔषध तस्करी सञ्जालहरू विरुद्ध निरन्तर यस्तै प्रकृतिका कारबाहीहरू गर्दै आएको छ ।

लागुऔषध र हतियार तस्करी नियन्त्रणका लागि जोर्डन र सिरियाबीच रक्षा तथा सुरक्षा क्षेत्रमा उच्चस्तरीय समन्वय र सहयोग रहँदै आएको भए तापनि तस्करीको चुनौती भने कायमै रहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल