४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

अन्ततः खारेज भयो कर्मचारीको ट्रेड युनियन अधिकार

अन्ततः खारेज भयो कर्मचारीको ट्रेड युनियन अधिकार
अ+ अ-

काठमाडौँ; नेपाल सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियनको अधिकार सम्बन्धी व्यवस्था खारेज भएको छ ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएसँगै ट्रेड युनियन खारेज भएको हो । यस कुराको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दिएकी हुन् ।

उनले नेपाल निजामती कर्मचारीको अभ्यासमा विगत लामो समयदेखि रहेको सो व्यवस्था अब बैधानिक रुपमा नै अन्त्य भएको जानकारी गराएकी हुन् । मुलुकमा सुशासन कायम गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन भन्दै वर्तमान सरकारले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने नीति बनाएको थियो ।

यो ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्ने विश्वास मन्त्री रावलको छ । सरकारले संघीय निजामती सेवा ऐन संशोधनमा नै सो प्रावधान राख्न खोजेकामा ट्रेड युनियनको व्यवस्था मात्र राखेर केही नेपाल ऐन संशोधन गरिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था थियो । कार्यालय प्रमुख भई काम गर्ने राजपत्रांकित कर्मचारीबाहेक तृतीय श्रेणी वा त्योभन्दा मुनिका कार्मचारी ट्रेड युनियनमा सदस्य बन्न पाउने कानुनी व्यवस्था थियो ।