८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देउवाको अभिव्यक्ति आशंकामात्र हो’ : प्रवक्ता शर्मा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्साबारे सभापति शेर बहादुर देवाले दिएको अभिव्यक्ति आशंकामात्र भएको बताएका छन् । सोमबार पोखरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले सभापतिको अभिव्यक्ति पार्टीको नभएको बताएका हुन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँग अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सामा नेपालका भूमि किन समावेश गरिएको भन्ने जानकारी लिनुपर्ने बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो, भारतले निकालेको नक्साप्रति आपत्ति छ भन्नुभयो,’ पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीलाई सर्वपक्षीय बैठकमा सीमा विवाद हल गर्न पहल गर्न भनियो तर यतिका दिन भयो केही भएन। परराष्ट्र मन्त्रालयले त्यहीँ नजिक लैनचौरमा रहेको दूतावासलाई बोलाएर छलफल गर्यो ? सरकारले छलफल नै गरेन।’

अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ।

‘कालापानीका विषयमा मिडियालाई खपत हुने गरी विज्ञप्ति आए। भारतीय प्रधानमन्त्रीलाई जन्मदिनमा विभिन्न भाषामा शुभकामना दिनेले सिधा फोन गर्नुपर्दैन ?,’ शर्माले प्रश्न गरे, ‘यति समय गइसक्यो, मोदीका नाममा आजसम्म एक फोन काठमाडौंबाट गइराखेको छैन।’