५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘देउवाको अभिव्यक्ति आशंकामात्र हो’ : प्रवक्ता शर्मा

‘देउवाको अभिव्यक्ति आशंकामात्र हो’ : प्रवक्ता शर्मा
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्साबारे सभापति शेर बहादुर देवाले दिएको अभिव्यक्ति आशंकामात्र भएको बताएका छन् । सोमबार पोखरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले सभापतिको अभिव्यक्ति पार्टीको नभएको बताएका हुन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँग अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सामा नेपालका भूमि किन समावेश गरिएको भन्ने जानकारी लिनुपर्ने बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो, भारतले निकालेको नक्साप्रति आपत्ति छ भन्नुभयो,’ पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीलाई सर्वपक्षीय बैठकमा सीमा विवाद हल गर्न पहल गर्न भनियो तर यतिका दिन भयो केही भएन। परराष्ट्र मन्त्रालयले त्यहीँ नजिक लैनचौरमा रहेको दूतावासलाई बोलाएर छलफल गर्यो ? सरकारले छलफल नै गरेन।’

अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ।

‘कालापानीका विषयमा मिडियालाई खपत हुने गरी विज्ञप्ति आए। भारतीय प्रधानमन्त्रीलाई जन्मदिनमा विभिन्न भाषामा शुभकामना दिनेले सिधा फोन गर्नुपर्दैन ?,’ शर्माले प्रश्न गरे, ‘यति समय गइसक्यो, मोदीका नाममा आजसम्म एक फोन काठमाडौंबाट गइराखेको छैन।’