५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सागका लागि विदेशी खेलाडी आउन थालिसके, हाम्रो रंगशाला भने अझै बन्दै …

सागका लागि विदेशी खेलाडी आउन थालिसके, हाम्रो रंगशाला भने अझै बन्दै …
अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्।

नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन्। पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ। १३औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन्।

चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ। अघिल्लो दिन धुलाम्मे र खाल्टाखुल्टी देखिने रंगशाला परिसरका सडक पेटी रातारात पिचसहित रङरोगनले चिटिक्क बन्न थालेका छन्। रंगशालाको साधारण प्यारापिट निर्माणले भने पूर्णता पाएको छ। साधारण प्यारापिटमा छानो राख्ने, कुर्सी बिछ्याउने, सिन्थेटिक ट्र्याक, फुटबल मैदान, स्कोर बोर्ड, चेन्जिङ रुमलगायत संरचना तयार भइसकेका छन्।

कभर्ड हलमा भलिबल खेलका लागि म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ। भलिबल आगामी बुधबार नै सुरु हुँदै छ। सागका लागि मुख्य चासोका रूपमा रहेको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ सिस्टमसहितको पौडीपोखरी हो।पौडीपोखरीमा टायल बिछ्याउने काम भइरहेको छ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल सबै काम तीव्र रुपमा भइरहेकाले संरचना निर्माणकै कारण खेल नरोकिने दाबी गर्छन्।

‘१३औं सागको भव्य आयोजना गरेर देखाउनु नेपालको कर्तव्य हो। हतारमा काम गर्नु हाम्रो बाध्यता हो। खेलअघि सबै संरचना तयार भइसक्छ। हिटिङ सिस्टमको पौडीपोखरी निर्माण पनि सम्पन्न गरेर छाड्नेछौं,’ सिलवाल भन्छन्।

सिलवालले मंसिर १२ गते सबै विषयको तयारी पूरा गरी पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए। दशरथ रंगशालामा मंसिर १३ गते बृहत् रिहर्सल गर्ने तयारी छ। नेपालले तेस्रोपटक साग आयोजना गर्न लागेको हो। यसअघि सन् १९८४ मा पहिलो र सन् १९९० मा आठौं साग नेपालले आयोजना गरेको थियो। अन्नपुर्णपोष्ट दैनिकबाट