५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मन्त्रिपरिषद् पुनर्गठनपश्चात एकाएक समाजवादी र राजपा आपसमा संशकित

मन्त्रिपरिषद् पुनर्गठनपश्चात एकाएक समाजवादी र राजपा आपसमा संशकित
अ+ अ-

काठमाडौं । गत साताको मन्त्रिपरिषद् पुनर्गठनपश्चात समाजवादी र राजपा आपसमा संशकित भएका छन्। मधेसीको अधिकारका लागि सँगै आन्दोलन गरेका यी दुई दल प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका छन्। गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा दुवैले तालमेल गरेर उम्मेदवारी दिएका थिए। पछिल्लो समय पार्टी एकीकरणकै प्रयास भइरहेको बताउँदै आएका यी दुई दल मन्त्रिपरिषद् पुनर्गठनपश्चात एक अर्का प्रति सशंकित अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय प्रधानमन्त्री केपी ओलीले ‘अपमानजनक’ ढंगले हेरफेर गरेपछि सरकारबारे भएको छलफलमा दुवै पार्टीले आपसमै संशकित अभिव्यक्ति दिएका हुन्। समाजवादीले आफू बाहिरिए राजपा सरकारमा सामेल हुने र त्यसपछि प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ समीकरणसहित सरकार बनाउने आशंका व्यक्त गरेको छ।राजपा नेताहरूले सरकार नछाड्नका लागि उपेन्द्र यादवले यस्तो हल्ला फैलाएको जवाफ दिएका छन्।

सरकार छाड्ने कि नछाड्ने बहस चर्किएपछि गत शनिबार बसेको पदाधिकारी बैठकमै उपप्रधानमन्त्री यादवले आफूलाई सरकार छाड्न कुनै समस्या नभएको तर त्यसपछि राजपा सरकारमा सामेल हुने र प्रदेश २ को सत्ता समीकरणसमेत फेरिने ब्रिफिङ गरेका थिए। यादवको ब्रिफिङपछि बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने निर्णय गर्यो। राजपाले सरकारमा सामेल हुन खुट्टा उचालेको आरोप समाजवादीका नेताले सार्वजनिक रुपमै लगाएका छन्।

राजपा महासचिव केशव झाले समाजवादीको आरोप पूर्णतः निराधार भएको दाबी गरे। ‘प्रधानमन्त्रीले २ वर्षदेखि राजपालाई संघीय सरकारमा सामेल हुन भनिरहनु भएको छ,’ उनले भने, ‘राजपाले प्रधानमन्त्री र नेकपालाई प्रष्ट भनिसकेको छ कि मधेस आन्दोलनको मुद्दा सम्बोधन नहुन्जेल पार्टी सरकारमा जाँदैन।’ उनले पछिल्लो समय समाजवादीले सरकार नछाड्न राजपामाथि औंला उठाएको भन्दै राजपा प्रदेश २ मा समेत सत्ता समीकरण हेरफेर गर्ने पक्षमा नरहेको दाबी गरे।

समाजवादीका नेता डा. शिवजी यादवले बाहिर जे भने पनि राजपा पछिल्लो समयमा संघीय सरकारमा जान खुट्टा उचालेको दाबी गरे। ‘त्यस्तो ठोस सूचना आएकाले हामी पछिल्लो समय अलि चनाखो भएका हौं,’ उनले भने, ‘उहाँहरू त्यस्तै परे प्रदेश २ मा समेत नेकपासँग सत्ता समीकरण बनाउन तयार रहेको देखियो।’ समाजवादीले यस्तो आरोप लगाइरहँदा सोमबार सप्तरीमा राजपाका संयोजक राजेन्द्र महतोले पार्टी एकीकरणका क्रममा आफूहरूले सरकारबाट बाहिरिन सर्त तेस्र्याएपछि समाजवादी आरोप प्रत्यारोपमा उत्रेको दाबी गरे।

उनले नेकपा र कांग्रेसको विकल्पमा बलियो राजनीतिक शक्ति निर्माण गर्न दुई पार्टीको एकीकरण आवश्यक भए पनि सरकार नछाडुन्जेल समाजवादीसँग एकीकरण नहने प्रष्ट्याए। उनले राजपा सरकारमा सामेल हुने हल्ला पनि गलत रहेको बताए।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावपछि राजपाले सत्ताबाहिर बसेर संघीय सरकारलाई समर्थन दिएको थियो भने समाजवादी सहभागी नै भएको थियो। तर गत फागुनमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा सजाय भएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समाजवादीले पनि उक्त निर्णयको विरोध गरेको थियो। अन्नपुर्णपोष्ट दैनिकबाट