२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणः हिजबुल्लाहका ५० सैन्य ठेगानाहरू ध्वस्त



अ+ अ-

काठमाडौँ।  इजरायली रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा दक्षिणी लेबनानका विभिन्न ५० स्थानमा रहेका हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण गरेको जनाएको छ ।

सेनाकाअनुसार उक्त हवाई तथा स्थलगत आक्रमणमा आफ्ना सैनिकहरू नजिक सक्रिय रहेका सशस्त्र लडाकूहरू मारिनुका साथै समूहको सैन्य पूर्वाधारहरू समेत ध्वस्त पारिएको छ ।

आईडीएफले हिजबुल्लाहले इस्रायली सैनिक र सर्वसाधारणमाथि आक्रमण गर्ने उद्देश्यले प्रयोग गर्दै आएका कमाण्ड सेन्टर र विभिन्न सैन्य संरचनाहरूलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । यसैबीच, दक्षिणी लेबनानमा परिचालित इस्रायली सैनिकहरूलाई लक्षित गरी हिजबुल्लाहले पनि कैयौँ रकेट प्रहार गरेको छ ।

सेनाका अनुसार ती रकेटहरू मानवबस्ती नभएको खुला क्षेत्रमा खसेका कारण कुनै मानवीय क्षति भएको छैन । पछिल्लो समय इस्रायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा तनाव र सैन्य मुठभेड तिब्र हुँदै गएको छ ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल