२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय श्रमिक दिवसः ट्रेड युनियन अधिकारबारे विमर्श



अ+ अ-

काठमाडौँ। पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयमा छलफल गरेर सरोकारका विषय सार्वजनिक गरेको छ ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले लोकतान्त्रिक शासन पद्धति अँगालेका मुलुकका मान्यता, नेपाल अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को पक्ष राष्ट्र भएको र नेपालको संविधानका व्यवस्थाका आधारमा ट्रेड युनियन अधिकार कायम हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वकेन्द्रीय सदस्य बाबुराम थापाले ट्रेड युनियन अधिकारलाई स्थापित गरेर जाँदा नै सरकारका कामलाई प्रभावकारी बनाउन सहज हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी न्यौपानेले आफूहरू विद्यमान कानुनी व्यवस्थाअन्तर्गत नै सञ्चालित भएकाले ट्रेड युनियन खारेज गर्न नहुने बताउनुभयो । महासङ्घका उपाध्यक्ष सुशीला श्रेष्ठले ट्रेड युनियन अधिकार रक्षाका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस