• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

काम नगर्ने ठेकेदारविरुद्ध अनसनमा बस्ने प्रचण्ड



निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारले विकास निर्माणको काम समयमा पूरा नगरेमा आफ अनसन बस्ने बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध सरकारले कारबाही नगरे आफैं आएर अनशन बस्ने बताएका हुन् ।

‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने ।

मधेससँग आफ्नो लभ परेको दोहोर्याउँदै उनले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताए । तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले यो प्रक्रियामा अवरोध आयो भने जनतासँग मिलेर आन्दोलन गर्ने धारणा राखे ।