१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्मचारीको समस्या समाधान हुन्छ’



अ+ अ-

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट सिफारिस भइरहेका ‘कर्मचारी व्यवस्थापन गर्न नसक्ने’ भन्दै त्यसलाई रोक्न स्थानीय तहले गरेको आग्रह समाधान हुने दाबी गरेको छ ।

धमाधम सिफारिस चरणमा रहेको अवस्थामा केही स्थानीय तहले ‘कर्मचारी सिफारिस नगर्न’ गरेका आग्रह मन्त्रालयले सहजीकरण गर्ने बताएको हो ।

मन्त्रालय प्रवक्ता सहसचिव भुपाल बराल स्थानीय तहबाट निवेदन आइरहेकाले सिफारिस भएका कर्मचारीलाई सम्बन्धित तहमै व्यवस्थापन गर्ने वातारण बनाइने बताए । उनका अनुसार यस्तो अवस्था नभए अन्य विकल्पमार्फत व्यवस्थापन तयारी पनि भइरहेको छ । राजधानी दैनिकबाट