१७ श्रावण २०८३, आईतवार
,
Latest
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकामा ‘सुन्दर नेपाल’ तस्बिर प्रदर्शनी सम्पन्न (तस्बिरहरु)



अ+ अ-

ढाका: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटो जर्नालिस्ट्स एशोसिएशन (बीपीजेए) को संयुक्त आयोजनामा बङ्गलादेशको राजधानी ढाकामा ’‘सुन्दर नेपाल’ शिर्षकको तस्बिर प्रदर्शनी सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीचको ‘मैत्री र भाइचाराको २१ वर्ष’ पुगेको अवसरमा यो विशेष प्रदर्शनी आयोजना गरिएको हो । उद्घाटन समारोहमा ढाकाका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको उद्घाटन हसन हफिजले गर्नुभएको थियो । बङ्गलादेश फोटोपत्रकार संघको निमन्त्रणामा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकारको टोली ढाका पुगेको हो ।

प्रदर्शनीमा नेपालको प्राकृतिक एवं सांस्कृतिक विविधतालाई केन्द्रमा राखी कैद गरिएका हिमाल, पहाड, तराईका दृश्यहरूका साथै जनजीवन झल्काउने विभिन्न तस्बिरहरू प्रदर्शन गरिएको थियो । सहभागी अतिथि तथा दर्शकहरूले नेपाली फोटोपत्रकारहरूको सिर्जनशीलता, प्राविधिक दृष्टिकोण र नेपालको सौन्दर्यलाई तस्बिरमार्फत प्रश्तुत गरिएको शैलीको उच्च प्रशंसा गरेका थिए ।

दुवै देशका फोटोपत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न यस प्रदर्शनीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध र व्यावसायिक एकतालाई अझ मजबुत तुल्याउने विश्वास व्यक्त गरिएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल