१४ भाद्र २०८३, आईतवार
,
Latest
नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस एकतामा केन्द्रित हुनुपर्ने महामन्त्री घिमिरेको आह्वान



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी अहिले इतिहासकै चुनौतीपूर्ण राजनीतिक मोडमा रहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन्।

उनले हालै सम्पन्न विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै उक्त प्रक्रिया निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको स्पष्ट पारेका छन्। यस सन्दर्भमा अब विशेष महाधिवेशन र नेतृत्व परिवर्तनबारे पक्ष–विपक्षमा बहस गर्नुको औचित्य नरहेको उनको भनाइ छ।

महामन्त्री घिमिरेले अहिलेको मुख्य दायित्व पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्नु रहेको बताउँदै विगतका आपसी मतभेद र कटुतालाई बिर्सेर संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनले आगामी १५औं महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

त्यसैगरी उनले पार्टीका सबै अग्रज, नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय सानेपामा आएर छलफल तथा भेला गर्न आह्वान गर्दै सबै गतिविधि त्यहीँ केन्द्रित गरी पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिन आग्रह गरेका छन्।

उनले भने, “हामी सबै सचेत र गम्भीर भएर पार्टीलाई एकताबद्ध बनाउन अग्रसर हुनुपर्छ” भन्ने भावनासहित सबैलाई एकताको मार्गमा अघि बढ्न आह्वान गरिएको छ।