१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको एक अपार्टमेन्टमा आगलागी हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाको उइवाङस्थित एक अपार्टमेन्टमा बिहीबार भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

योन्हाप न्युज एजेन्सीकाअनुसार आगलागी भवनको १४ औँ तलामा रहेको एक फ्ल्याटबाट शुरु भएको थियो । सोही फ्ल्याटमा बस्ने ६० वर्षका एक पुरुष भवनबाट खसेको अवस्थामा बाहिर मृत फेला परेका थिए भने उनकी श्रीमती सोही फ्ल्याटभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा ती पुरुषले लेखेको ठानिएको एउटा नोट फेला परेको छ । उक्त नोटमा आर्थिक संकट लगायतका व्यक्तिगत कठिनाइहरू उल्लेख गरिएको बताइएको छ ।

अधिकारीहरूका अनुसार ती पुरुषको मृत्यु आगलागी हुनुअघि वा आगलागीको प्रारम्भिक चरणमै भएको हुनसक्ने आशंका गरिएको छ । आगलागीका कारण धुवाँले निस्सासिएका अन्य ६ जना बासिन्दाको हाल अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । स्थानीय समयअनुसार बिहीवार बिहान करिब १०ः३० बजे आगलागी शुरु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अग्नि नियन्त्रण विभागले ‘लेभल १’ को आपतकालीन प्रतिक्रिया जारी गर्दै ३० वटा दमकल र ११० भन्दा बढी अग्निनियन्त्रकहरू परिचालन गरेको थियो । करिव दुई घण्टाको निरन्तर प्रयासपछि दिउँसो १२ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

जम्मा ७८ परिवारको बसोबास रहेको उक्त २० तले अपार्टमेन्ट भवनको कुल क्षेत्रफल करिव ८ हजार ८ सय वर्ग मिटर रहेको छ । घटनाको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल