१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २० सहसचिवको दरबन्दी प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडौं । सरकारले २० सह–सचिवको दरबन्दी थप प्रस्ताव स्वीकृत गरेको छ । विभिन्न पहाडी जिल्लामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्ने प्रस्तावसहित दरबन्दी थप प्रस्ताव मन्त्रिपरिषद् पारित गरेको हो ।

यससँगै संघीय संरचनाअनुरूप पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरालगायतका जिल्लामा सहसचिवस्तरको सीडीओ राख्ने प्रक्रिया सुरु भएको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि निजामति किताबखानामा दर्ता हुन बाँकी रहेकाले प्रक्रियामै छ । यसअघि विभिन्न समय मन्त्रिपरिषद्बाट पारित दरबन्दी थप प्रस्ताव निजामती किताबखानाबाट अस्वीकृत भएको थियो । राजधानी दैनिकबाट