२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिभाली र स्वस्तिका खुला टेनिस प्रतियोगिताको फाइनलमा



अ+ अ-

काठमाडौँ। शिभाली गुरुङ र स्वस्तिका विष्ट १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६-० र ६-१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गररी फाइनलमा प्रवेश गरेका हुन् ।

पुरुष सिङ्गल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन् । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६-३, ६-७ र ६-१ तथा दर्शिलले प्रणव मानन्धरलाई ६-० र ६-० को सेटमा हराएका हुन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा पूर्वसिङ्गल्स राष्ट्रिय च्याम्पियन जीतेन्द्र परियारले भीष्मजङ्ग गुरुङलाई ६-४ र ६-१ तथा सन्तोष खत्रीले दावा सोनाम शेर्पालाई ६-२ र ७-५ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् ।

उक्त स्पर्धाको पुरुष डबल्समा भीष्मजङ्ग गुरुङ र गगन महर्जनको जोडीले निरज रेग्मी र ईश्वर जिसीको जोडीलाई ६-१ र ६-२ तथा जीतेन्द्र परियार र छेवाङ लामाको जोडीले सन्तोष खत्री र जुजुमन किमको जोडीलाई ६-२ र ६-४ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ७० वर्षमाथि पुरुष सिङ्गल्सको उपाधि धीरबहादुर गुरुङले जितेका छन् । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारमाथि ५-४ र ४-० को जित रचेका हुन् ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा देव क्षेत्रीले महेश श्रेष्ठलाई ७-५ र ६-३ तथा रोहित सुनुवराले अमितसिंह गुरुङलाई ६-३ र ६-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । सो स्पर्धाको पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले नवाङ लामा र राजेन्द्र भाटियाको जोडीलाई ६-२ र ६-० तथा अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीले सुकमान तामाङ र अञ्जन बानियाँको जोडीलाई ६-० र ६-२ ले हराउँदै फाइनल भीडन्त निश्चित गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा चन्द्र शाहीले उत्तम बोगटीलाई ६-० र ६-२ विमलकुमार गुरुङले मच्छिन्द्र थापालाई सीधा सेटमा ६-१ र ६-१ ले पाखा लगाउँदै फाइनलमा स्थान बनाए । स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले सागर केसी र निरञ्जनकुमार श्रेष्ठको जोडीलाई ६-२ र ६-० तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीले धर्म शाही र आशिष सिग्देलको जोडीलाई ६-१, ३-६ र १३-११ ले पन्छ्याउँदै फाइनलमा प्रवेश गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिङ्गल्समा ध्रुवबहादुर गुरुङले वाल्टर स्मितलाई ६-१, ३-६ र १०-६ तथा कमल थापाले पवित्रजङ्ग रायमाझीलाई ६-१ र ६-० ले पराजित गरी फाइनल यात्रा तय गरे । सोही उमेरसमूहको पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीले प्रेमप्रकाश थापा र पवित्रजङ्ग रायमाझीको जोडीलाई ६-२ र ६-० तथा ध्रुवबहादुर गुरुङ र रवीन्द्रदास श्रेष्ठको जोडीले दीपक श्रेष्ठ र ज्ञानेन्द्रमान ताम्रकारको जोडीलाई ६-० र ६-२ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् ।

प्रतियोगितामा १३ स्पर्धा समावेश छन् । शुक्रबार ११ स्पर्धाको फाइनल हुने आयोजकले जनाएको छ । अन्तिम दिन शनिबार पुरुष/महिला सिङ्गल्सको फाइनल हुनेछ ।