४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
अ+ अ-

काठमाडौँ, १७ वैशाखः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ ।

अन्तरराष्ट्रिय नागरिक उडड्यन मापदण्डअनुसार नियमित रूपमा गरिने यस्तो अभ्यासले सम्भावित विपद्का बेला समन्वय, दक्षता र तत्परतामा सुधार ल्याउने विश्वास गरिएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङगठनका मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजनाअनुसार प्रत्येक दुई वर्षमा पूर्णस्तरको अभ्यास सञ्चालन गरिँदै आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

अभ्यासका क्रममा विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा घटनास्थल व्यवस्थापनजस्ता अभ्यास गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारी, दमकल सेवा, एम्बुलेन्स टोली तथा अन्य सरोकारवाला निकायको सहभागिता थियो ।

महाप्रबन्धक सिटौलाका अनुसार यस्तो अभ्यासले आकस्मिक अवस्थामा देखिन सक्ने कमजोरी पहिचान गरी सुधार गर्न मद्दत पु¥याउनेछ । “वास्तविक दुर्घटना हुँदा क्षणिक निर्णय, स्रोत व्यवस्थापन र प्रभावकारी समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्ता अभ्यासले तयारीलाई अझ मजबुत बनाउँछ”, उहाँले भन्नुभयो ।रासस