२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे



फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारमाध्यमलाई सूचना प्रवाह गर्ने संस्थाका रुपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित सञ्चारमाध्यमको व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया एवं कार्यशाला गोष्ठीमा उहाँले सञ्चारमाध्यम आफैँमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रदेश सरकार सञ्चारमाध्यमलाई जिम्मेवार, मर्यादित र व्यावसायिक रुपमा सक्षम बनाउन आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यसका लागि सरकार, सञ्चार उद्यमी, सम्पादक, पत्रकार, विज्ञापन क्षेत्र र सरोकारवालाबीच व्यावहारिक सहकार्य आवश्यक छ ।”

परम्परागत सञ्चारमाध्यमहरु डिजिटल रुपान्तरणमा जानुपर्ने बताउँदै उहाँले डिजिटल माध्यमसँग जोडिएर पहुँच, प्रभाव र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुने भएकाले दीर्घकालसम्म नागरिकको विश्वास जित्ने सामग्री उत्पादन र सम्प्रेषण गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रका माग र आवश्यतालाई प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यशाला गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित रेडियो तथा टेलिभिजनका सञ्चालकहरुको सहभागिता थियो ।

गोष्ठीमा मिडिया अनुसन्धानकर्ता मधु आचार्यलगायतले सञ्चारमाध्यमको व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रेस रजिष्ट्रार विमला भण्डारी र प्रेस रजिष्ट्रारको कार्यालयका निर्देशक निराजन शर्माले कार्यालयको सेवा प्रवाह र भावी योजनाबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाल पत्रकार महासङ्घ, गण्डकीका अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराई, सञ्चार उद्यमी विश्वशङ्कर पालिखेलगायतले सञ्चार क्षेत्रका समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए । रासस




भर्खरै