• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

नेकपाको चुनावी सभामा नेता नेम्वाङ बोल्दाबोल्दै बम विस्फोट भएपछि…



कास्की । कास्की चुनावीसभा स्थलमा बम विस्फोट भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै विस्फोट भएको हो।

उक्त सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा उपाध्यक्ष बामदेव गौतम र नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सम्बोधनका लागि उपस्थित भएका थिए। विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो पौने एक बजे प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्‍न भएको थियो। पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा स‌ंचालन भइरहेको छ।