३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको मेचीनगरमा हात्ती र चितुवाको त्रास



अ+ अ-

काठमाडौं । झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ ।

बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौतारिएका थिए । मानवीय क्षति नहोस् भनेर चिया बगानमा दिनभर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हात्तीको निगरानी गरेको थियो ।

“गाउँ पसेर क्षति गर्ला कि भन्ने त्रास छँदैथियो”, हात्तीको निगरानीमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुधबारेका इञ्चार्ज चन्द्र राउतले भने, “बिहानै बगानमा देखा परेको दुई हात्तीलाई हेर्न ठूलो सङ्ख्यामा वरिपरि भेला भएको भीडलाई हटाउन हम्मे हम्मे प¥यो ।”

चिया बगान वरिपरिको भीड हटाउन प्रहरीले माइकिङ गरेको थियो । दिनभर बगानमा भौतारिएको हात्ती राति जङ्गलतिर लागेको थियो । यसैगरी, मेचीनगर नगरपालिका–५ मा चितुवाले पशुधनमा क्षति पुर्याइरहेको छ ।

चितुवाले बाख्रा र सुँगुर दिनैपिच्छे खाने गरेको वडाध्यक्ष कनक कार्कीले बताउनुभयो । विगत वर्षदेखि नै मेचीनगर–१, २, ३, ४ र ५ मा चितुवाले स्थानीयवासीलाई त्रसित बनाएको हो । स्थानीयको पहलमा चितुवालाई लखेट्न युवाहरु जोखिम मोलेर रात्रि गस्तीमा हिँड्ने र पासो थाप्दै आएका थिए ।

तर, चितुवा नियन्त्रण गर्न नसकिएपछि मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयसँग सहयोग मागेको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायत जिल्लाका प्रहरी र बन कार्यालयका प्रमुखलाई भेटेर चितुवा नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरिएको बताए ।

केही साताअघि बुद्धशान्ति गाउँपालिकामा गाउँ पसेको एउटा चितुवा नियन्त्रणमा लिने क्रममा मरेको थियो । जिल्लाको उत्तरी भेगका बुद्धशान्ति र मेचीनगरमा भारतबाट चितुवा आउने गरेको छ ।