३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते



अ+ अ-

काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भइ बस पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् । घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।