२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

पक्राउ बिना छानबिन गर्न नाडाको माग, निजी क्षेत्रको मनोबल घट्ने चेतावनी

पक्राउ बिना छानबिन गर्न नाडाको माग, निजी क्षेत्रको मनोबल घट्ने चेतावनी
अ अ+ अ-

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रको मनोबल र लगानीको वातावरणप्रति गम्भीर चासो व्यक्त गरेको छ। हालै विकसित घटनाक्रम तथा पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित विषयलाई लिएर नाडाले ध्यानाकर्षण जनाएको हो।

नाडाले शेखर गोल्छालाई नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा सम्मानित व्यक्तित्वका रूपमा उल्लेख गर्दै उनले निजी क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको जनाएको छ। यस्तो पृष्ठभूमि बोकेको व्यक्तिमाथि हुने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी–व्यवसायीमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ।

प्रेस विज्ञप्तिमार्फत नाडाले सत्यतथ्य छानबिन हुनुपर्नेमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेको छ। राज्यले सञ्चालन गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने नाडाको भनाइ छ। तर, अनुसन्धानका नाममा व्यवसायीहरूलाई अचानक पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाउने चेतावनी दिएको छ।

नाडाले हालको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी भित्र्याउनुपर्ने आवश्यकता औंल्याउँदै प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास सिर्जना हुने जनाएको छ। यसले सरकारको ‘लगानीमैत्री नेपाल’ अभियानसमेत कमजोर बन्न सक्ने नाडाको धारणा छ।

यसै सन्दर्भमा नाडाले नेपाल सरकार र सम्बन्धित निकायसँग शेखर गोल्छाको हकमा पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। दोष प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अनुसन्धानमा गोल्छाले पूर्ण सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको नाडाले जनाएको छ।

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित वातावरण उपलब्ध गराउँदै मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न नाडाले जोडदार माग गरेको छ।