१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो



अ+ अ-

अमेरिका । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ ।

केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो ।

साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गत साता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो । यो अघिल्लो साताको तुलनामा दैनिक करिब ४ लाख ५३ हजार ब्यारेल बढी हो ।

अमेरिकामा विगत चार हप्तामा कच्चा तेलको आयात प्रतिदिन औसत करिब ६० लाख रहेको देखिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ लाख ८० हजार ब्यारेलले कम हो । निर्याततर्फ भने २८ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको छ जुन अघिल्लो वर्षको तुलनामा प्रतिदिन करिब ६ लाख ६१ हजारले बृद्धि भएको छ ।