१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार साना-साना माछामा अल्झियो, ठूला माछा समाउन सक्दैन : भट्टराई



अ+ अ-

दाङ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथी गम्भिर प्रश्न खडा गरेका छन् । अध्यक्ष भट्टराईले ठूला माछा अख्तियारले समाउन नसक्ने बताएका हुन्।

रिपोर्टस क्लबले दाङमा गरेको सात्क्षात्कारमा डा. भट्टराईले भने, ‘दलहरुको भागबन्डामा बनेको आयोगसँग अत्यन्तै कम्जोर मनोवल छ, यसले काम गर्न सक्दैन। यसले ठूला माछा समाउन सक्दैन। साना-साना माछामा अल्झिएको छ।’

अध्यक्ष भट्टराईले अख्तियारले भ्रष्टचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। ‘जनताप्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ुत्यसले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टचारको छानबिन गरेर भ्रष्टचार रोक्न सकोस्।’

फरक प्रश्नमा अध्यक्ष भट्टराईले भने, ‘दुईतिहाइ बहुमतको सरकारले देखिने गरी काम गर्न सकेको छैन। उनले देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहिर देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको भन्दै सरकारको ठोस योजना नरहेको समेत बताए ।’