• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीलाई टिचिङमा सार्ने तयारी



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारका लागी त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) सार्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन टिचिङमा सार्ने तयारी भईरहेको हो ।

एपेन्डिसाइटिस शल्यक्रियापछि महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्।

यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गर्नका लागि पर्याप्त उपकरण र मेडिकल सर्पोट नभएकोले डायालासिस प्रक्रियामा समस्या भएको चिकित्सकले बताएका छन्। बुधबार पनि त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) बाट मेशिन र उपकरण लगेर डायलासिस गर्दा करिब पाँच घन्टा लागेको थियो।
बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग सामान्य कुराकानी पनि गर्ने गरेका छन्।