१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यराती चोरले पसलबाट प्याज चोरेपछि…



अ+ अ-

काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली देशमा प्याजको आतंक मच्चिएको छ । नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य उच्च वृद्धि भइरहेको छ ।

भान्छामा मसला र सलाद एवम् स्वादको रुपमा हेरिएको प्याजले खानामा रुची बढाउने, रुघाखोकी नियन्त्रण गर्ने, पेट दुःखेको बेला र बान्ता रोक्नमा समेत प्रयोगमा आउने गर्दछ ।

प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ । प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

भारतले आफ्नो मुलुकबाट प्याज निर्यात गर्न लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य निरन्तर उकालो लगिरहेको छ । भारतले प्रतिबन्ध घोषणा गरेलगत्तै नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा माथि पुगेको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । नेपालमा व्यवसायीहरुले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमला लगायतबाट प्याज आयात गर्छन् ।

तर, भारतमा एउटा यस्तो घटना भएको छ, जुन सुन्दा अपत्यारिलो भएता पनि पूर्ण सत्य हो । भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको एक पसलमा सोमबार राति चोरी भयो । पसल भित्र रहेको नगद रुपैयाँ र मूल्यवान वस्तुहरू केहि नगरी चोरले लसुन र प्याज मात्रै चोरेको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

पसल तोडेर चोरले करिब ५० हजार रुपैयाँ बराबरको लसुन र प्याज लगेको पसलका संचालक अजय दासले बताएका छन् । उनले बताए( ‘अरु कुनै पनि सामाग्री केहि गरेको छैन, प्याज र लसुन मात्रै पसलदेखि गायब छ ।’चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यवान सामग्री भने चोरी नगरेको उनले स्वीकारेका हुन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेको जानकारहरू बताउँछन् ।