१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्काद्वारा आङ्देम्बेलाई बधाई, प्रतिपक्षी नेतृत्वलाई प्रभावकारी बनाउने अपेक्षा



अ+ अ-

काठमाडौं । पूर्णबहादुर खड्काले भिष्मराज आङ्देम्बेलाई नेपाली काँग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत रूपमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

आज भेटेर खड्काले आङ्देम्बेको नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्। उनले यसपटकको संसदमा नेपाली काँग्रेस दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा उपस्थित भएकाले आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा ऐतिहासिक र महत्वपूर्ण रहने उल्लेख गरेका छन्।

त्यस्तै, उनले संवैधानिक परिषद्को सदस्यका रूपमा पनि आङ्देम्बेको भूमिका अझ प्रभावकारी र महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।