१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसलको नाममा हुन्डीको कारोबार गर्ने दुई कारोबारी न्युरोडबाट ३८ लाखसहित समातिए



अ+ अ-

काठमाडौं । पसलको आवरणमा हुन्डीको कारोबार गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार न्युरोडबाट गोवद्र्धनप्रसाद सरावगी र उनका कामदार कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरेको हो । सरावगीले न्युरोडमा अञ्जनी ओभरसिज कम्पनी दर्ता गरी पसल चलाउँदै आएका छन् ।

कपडा तथा भाँडाको सामान बिक्रीको आवरणमा उनले हुन्डीको काम गर्दै आएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । सुरुमा प्रहरीले उनका कर्मचारी भट्टराईलाई हुन्डीको ३० लाखसहित पक्राउ गरेको थियो ।

सरावगीसँग समेत स्रोत नखुलेको आठ लाख ४२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनले भारत र चीनमा हुन्डीको कारोबार गर्दै आएको प्रहरी दाबी छ । न्युरोड क्षेत्रमा हुने अन्य हुन्डी कारोबारबारे समेत सूचना संकलन भइरहेको एसएसपी थापाले बताए । नयाँ पत्रिका दैनिकबाट