१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजी) पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

हालका आईजी राजु अर्याल आगामी वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले नयाँ नेतृत्व चयन गरिएको हो। अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका थिए। कानुनी व्यवस्था अनुसार सशस्त्र प्रहरीको आईजी पदावधि चार वर्षको हुने प्रावधान रहेको छ।

आईजी पदका लागि एआईजी नारायणदत्त पौडेलसँगै एआईजी वंशीराज दाहाल पनि प्रतिस्पर्धामा रहेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ गते सो पदमा पुगेका थिए। वरीयताका आधारमा पौडेल पहिलो नम्बरमा रहेकाले सरकारले उनलाई नै आईजीमा नियुक्त गर्ने निर्णय गरेको हो।