३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटेका बालबालिकालाई खोप लगाउन वैशाखभर ‘खोज र खोप’ अभियान सञ्चालन



अ+ अ-

काठमाडौं । सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।

सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ ।

खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने छ । सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको छ ।

नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई ती खोप लगाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६.५ प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको छ ।

केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्न गई दादुरा रुबेलाको महामारी देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।